‘सत्यम्’मा जोडिए पल « Khabarhub

‘सत्यम्’मा जोडिए पल


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा म्यूजिक भिडियोमा व्यस्त अभिनेता तथा मोडल पल शाह अभिनेता राजेश हमाललाई आफ्नो आदर्श मान्दछन् । उनी सञ्चारकर्मी तथा पत्रकारमाझ अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने चाहना समय–समयमा व्यक्त गरिरहन्छन् । यिनै पलले अब पहिलोपटक अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने भएका छन् ।

निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्म ‘सत्यम्’मा पल अनुबन्धित भएपछि हमालसँग स्क्रिन शेयर गर्ने उनको सपना पुरा हुन लागेको हो । यो फिल्ममा यसअघि अभिनेताद्वय हमाल र अनुपविक्रम शाही फाइनल भइसकेका छन् । पलले कथावस्तु र आफ्नो भूमिका मनपरेकाले फिल्म साइन गरेको खुलाए । फिल्ममा रेशम सापकोटाको लगानी रहनेछ । फिल्मको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

एक्सन जनरामा निर्माण हुने फिल्मका लागि निर्माण युनिटले अडिसनबाट कलाकार छनोट गर्दैछ । जसअनुसार काठमाडौं र पोखरामा अडिसन पुरा भइसकेको छ । भौतिक उपस्थितिमा अडिसन पुरा गरिसकेको फिल्म युनिटले अब भर्चुअल अडिसनको आव्हान गरेको छ । रेशम गौतम र कृष्ण अधिकारी सह–निर्माता रहेको फिल्ममा विदुर पाण्डेको डिओपी हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ४० बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख