चन्द्रपुरविरुद्ध एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक « Khabarhub

चन्द्रपुरविरुद्ध एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपीएफको अपराजित यात्रालाई जारी राखेको छ ।

बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका लागि स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

जितसँगै एपीएफले ८ खेलमा २४ अंक बनाएको छ । त्यसैगरी चन्द्रपुरको ८ खेलमा ६ अंक रहेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीबार चौदण्डीगढी र वालिङबीच तथा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ३२ बजे

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान