दुबई पठाउने भन्दै भारतमा महिला बेचेको आरोपमा पक्राउ   « Khabarhub

दुबई पठाउने भन्दै भारतमा महिला बेचेको आरोपमा पक्राउ  


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्‍याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक रु ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिसा बनाएर पीडितबाट रु एक लाख ५० हजार र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको ब्यूरोका प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

उक्त घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले दुबईको होटलमा काम गर्न भारतमा थप ११ महिना वेटरको तालीम लिनुपर्छ भनी महिलालाई भारत पुर्‍याएका थिए ।

श्रेष्ठले रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाई भारतको नयाँदिल्ली पुर्‍याएको अनुसन्धानमा खुलेको छ । त्यसपछि खड्का भारतीय र अरबियन मानिसको जिम्मा लगाई भारु तीन लाख ५० हजार बुझेर नेपाल फर्किएका थिए ।

उनीहरुले भारतमा ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरेको र दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भई आएर ब्यूरोमा जाहेरी दिएको पीडितकोे भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा खोजतलास गर्दा खड्का अर्कै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको पाइएको छ ।

उनीबाट प्राप्त सूचनाको आधारमा श्रेष्ठलाई काठमाडौँको सामखुशीबाट पक्राउ गरी अनुसन्धान थालिएको र अन्य फरार रहेकाको खोजी जारी रहेको ब्यूरोका प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा यसरी वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको क्रम बढेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : ३८ बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६