दुबई पठाउने भन्दै भारतमा महिला बेचेको आरोपमा पक्राउ   « Khabarhub

दुबई पठाउने भन्दै भारतमा महिला बेचेको आरोपमा पक्राउ  


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्‍याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक रु ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिसा बनाएर पीडितबाट रु एक लाख ५० हजार र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको ब्यूरोका प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

उक्त घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले दुबईको होटलमा काम गर्न भारतमा थप ११ महिना वेटरको तालीम लिनुपर्छ भनी महिलालाई भारत पुर्‍याएका थिए ।

श्रेष्ठले रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाई भारतको नयाँदिल्ली पुर्‍याएको अनुसन्धानमा खुलेको छ । त्यसपछि खड्का भारतीय र अरबियन मानिसको जिम्मा लगाई भारु तीन लाख ५० हजार बुझेर नेपाल फर्किएका थिए ।

उनीहरुले भारतमा ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरेको र दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भई आएर ब्यूरोमा जाहेरी दिएको पीडितकोे भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा खोजतलास गर्दा खड्का अर्कै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको पाइएको छ ।

उनीबाट प्राप्त सूचनाको आधारमा श्रेष्ठलाई काठमाडौँको सामखुशीबाट पक्राउ गरी अनुसन्धान थालिएको र अन्य फरार रहेकाको खोजी जारी रहेको ब्यूरोका प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा यसरी वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको क्रम बढेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : ३८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको