मुख्यमन्त्री पोख्रेलले भने : एउटै प्रदेशका जनताको सहभागिता कस्तो हुन्छ हेर्न बुटवल आउनू « Khabarhub

मुख्यमन्त्री पोख्रेलले भने : एउटै प्रदेशका जनताको सहभागिता कस्तो हुन्छ हेर्न बुटवल आउनू


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले फागुन १ गते बुटवल हुने सभामा वृहत जनसहभागिता रहने संकेत गरेका छन् ।

उनले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै फागुन १ गतेको सभा हेर्न पत्रकारलाई निमन्त्रणा गरेका छन् ।

दाहाल-नेपाल समूहको विरोध सभामा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केपीजी देख्नु भयो विरोध कस्तो हुन्छ, सभा कस्तो हुन्छ’ भनेका थिए ।

त्यसैको जवाफस्वरुप दाहाल-नेपाल समूहलाई संकेत गर्दै मुख्यमन्त्री पोखरेलले पत्रकारलाई सम्बोधन गरेर फेसबुकमा लेखेका छन्- ‘देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई ।’

मुख्यमन्त्री शंकर पोख्रेलले यस्तो लेखेका छन-

देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई ।

Posted by Shankar Pokhrel on Wednesday, 10 February 2021

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : ०६ बजे

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको