प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने : अर्को चरम नौटंकी भएन र ? « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने : अर्को चरम नौटंकी भएन र ?


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहका नेताहरुको भनाइप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश पोखेका छन् ।

दाहाल-नेपाल समूहले आज राजधानीमा गरेको विरोधसभामा नेताहरुको सम्बोधनलाई लक्षित गर्दै  उनले आक्रोश पोखेका हुन ।

‘शब्द प्रयोगमा संयमित र जवाफदेही नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘तथ्यको आधारमा सही कुरा भनौं त जनता जनार्दन ! अझ आज त ढाडे बिरालोले मुसा नखाने पो घोषणा गरेको सुन्दा झनै आश्चर्य लाग्यो ।’

प्रचण्ड–नेपाल समूहलाई ‘कठै बरा’ भनि टिप्पणी गर्दै उनले भनेका छन्, ‘यो त अर्को चरम नौटंकी भएन र ? अब प्रधानमन्त्री हुने बुँता चट्, अनि देश पो बनाउने रे, कठै बरा ??’

शब्द प्रयाेगमा संयमित र जवाफदेही
नभएर जथाभावी बर्बराउने हाे भने ….
हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्ने हाे…

Posted by Surya Thapa on Wednesday, 10 February 2021

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : २३ बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६