एक चुम्बनले जोडिएको रणवीर–दीपिकाको सम्बन्ध « Khabarhub

एक चुम्बनले जोडिएको रणवीर–दीपिकाको सम्बन्ध


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस प्रेमिल जोडीका लागि विशेष दिन हो । यो दिन प्रत्येक जोडीका लागि केही नयाँ हुन्छ । बलिउडको लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणलाई पनि प्रत्येक वर्षको भ्यालेन्टाइन विशेष लाग्छ । किनकी उनीहरुको प्रेमकथा कुनै फिल्म भन्दा फरक छैन ।

रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा कोंकणली रीतिरिवाज अनुसार इटालीको लेक कोमोमा विवाह गरे । विवाह अघि यो जोडी ६ वर्ष डेटमा रमाए । कमैलाई मात्र थाहा होला कि यो जोडी सन् २०१२ मा रिलिज फिल्म ‘गोलियों की रासलीला–रामलीला’बाट नजिकिएका थिए । उनीहरुले यही फिल्ममा पहिलोपटक अनस्क्रिन रोमान्स गरे । तर फिल्मको काम सकिए लगत्तै उनीहरुको अफस्क्रिन उत्तिकै चर्चामा आयो ।

सञ्जय लीला भन्साली निर्देशित यो फिल्मको सेटमा ‘अंग लगा दे’ बोलको गीत छायांकन गरिएको छ । गीतको अन्त्यमा दुवैजनाले एकअर्कालाई चुम्बन गर्नुपर्ने थियो । उनीहरु चुम्बनमा यति डुबे कि निर्देशकले ‘कट’ भन्दा पनि त्यसको परवाह गरेनन् । त्यो रात सेटमा करिब ५० व्यक्ति थिए र उनीहरुको चुम्बन देख्दा त्यहाँ एक किसिमको सन्नाटा नै छायो । उनीहरुको प्रेमपूर्ण चुम्बन देखेपछि मात्र सबैले यो जोडी प्रेममा छन् भन्ने अन्य सदस्यले थाहा पाए ।

यो घटनापछि उनीहरु सुटिङ सेटमा आउँदा उनीहरु एकअर्कालाई ‘बेबी’ भनेर सम्बोधन गर्थे । सँगै खाना खान्थे र सुटिङ नहुञ्जेलसम्म भेनिटी भेनमा घण्टौं बिताउँथे । सबैले फिल्मको सुटिङ सकिएपछि उनीहरुको प्रेम पनि सकिने अनुमान लगाएका थिए । तर अनुमान केवल अनुमानमै सीमित रह्यो । यो फिल्म पछि उनीहरु ‘बाजीराव मस्तानी’मा देखिएपछि मात्र उनीहरुको प्रेम दिगो रहेछ भन्ने आभाष फिल्मकर्मीलाई भएको थियो ।

‘बाजीराव मस्तानी’को सुटिङका समयमा रणवीरले आफ्नो सिन दिएपछि पनि उनी सेट छोड्दैन थिए । उनी दीपिकालाई पर्खिएर बस्थे । रणवीर मात्र एक यस्ता अभिनेता हुन्, जसले दीपिकालाई हलिउड जान सल्लाह दिएका थिए ।

–एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ०५ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण