युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।

मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३-२ गोल अन्तरले हराए पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो लेगको खेल परिणाम अनुसार समग्रमा ४-४ को बराबरी भएपछि अवे गोलको आधारमा पोर्टो क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो ।

१० खेलाडीमा सीमित रहेको पोर्टोले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई हराएको हो ।

यसअघि युभेन्टसले निर्धारित ९० मिनेटमा फेडेरिको चेइसाको दुई गोलबाट २-१ को अग्रता लिँदै समग्रमा खेल ३-३ को बराबरी भएको थियो ।

अतिरिक्त समयमा पोर्टोले ११५औँ मिनेटमा गोल फर्काएको थियो भने युभेन्ट्सका लागि ११७औँ मिनेटमा अड्रीएन राबिओटले गोल गरे ।

योसँगै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका