युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।

मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३-२ गोल अन्तरले हराए पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो लेगको खेल परिणाम अनुसार समग्रमा ४-४ को बराबरी भएपछि अवे गोलको आधारमा पोर्टो क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो ।

१० खेलाडीमा सीमित रहेको पोर्टोले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई हराएको हो ।

यसअघि युभेन्टसले निर्धारित ९० मिनेटमा फेडेरिको चेइसाको दुई गोलबाट २-१ को अग्रता लिँदै समग्रमा खेल ३-३ को बराबरी भएको थियो ।

अतिरिक्त समयमा पोर्टोले ११५औँ मिनेटमा गोल फर्काएको थियो भने युभेन्ट्सका लागि ११७औँ मिनेटमा अड्रीएन राबिओटले गोल गरे ।

योसँगै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : २० बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस