कतारमा फूटबलर विमल घर्तीको सफल शल्यक्रिया « Khabarhub

कतारमा फूटबलर विमल घर्तीको सफल शल्यक्रिया


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– घाइते नेपाली फूटबल राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटीस्थित सबितार अर्थोपेडिक अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो।

राष्ट्रिय टीमका स्ट्राइकर घर्तीको उपचारका लागि अखिल नेपाल फूटबल संघ (इन्फा)ले कतार फूटबल संघलाई अनुरोध गरेको थियो । उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा गम्भीर खालको चोट लागेको थियो ।

सफल शल्यक्रियापछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ‘सायद आज मैले गरेको गल्ति को सजाय पाउदै छु । प्रतिस्पर्धाको समयमा म केही समयको लागी अड्किएको छु । तर हिम्मत हारेको छैन मैले नया खेल जीवनको सुरुवात गर्ने छु । जुन माया, विश्वास र साथ पाएको थिएँ त्यो फेरि पाउनेछु,’ बाटो सजिलो छैन तर,अगाडी बढ्ने छु ।

मेरो चोट लाई मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहान्छु । विशेष गरी एन्फालाई यो समयमा मलाई गहयोग गरिदिनु भएकोमा आभारी छु । जय नेपाल, जय नेपाली फूटबल ।

उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा गम्भीर खालको चोट लागेको थियो । यसअघि एन्फाले नबीन महर्जन र रबीन श्रेष्ठलाई पनि उपचारका लागि कतार ल्याएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : ०५ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस