कतारमा फूटबलर विमल घर्तीको सफल शल्यक्रिया « Khabarhub

कतारमा फूटबलर विमल घर्तीको सफल शल्यक्रिया


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– घाइते नेपाली फूटबल राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटीस्थित सबितार अर्थोपेडिक अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो।

राष्ट्रिय टीमका स्ट्राइकर घर्तीको उपचारका लागि अखिल नेपाल फूटबल संघ (इन्फा)ले कतार फूटबल संघलाई अनुरोध गरेको थियो । उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा गम्भीर खालको चोट लागेको थियो ।

सफल शल्यक्रियापछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ‘सायद आज मैले गरेको गल्ति को सजाय पाउदै छु । प्रतिस्पर्धाको समयमा म केही समयको लागी अड्किएको छु । तर हिम्मत हारेको छैन मैले नया खेल जीवनको सुरुवात गर्ने छु । जुन माया, विश्वास र साथ पाएको थिएँ त्यो फेरि पाउनेछु,’ बाटो सजिलो छैन तर,अगाडी बढ्ने छु ।

मेरो चोट लाई मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहान्छु । विशेष गरी एन्फालाई यो समयमा मलाई गहयोग गरिदिनु भएकोमा आभारी छु । जय नेपाल, जय नेपाली फूटबल ।

उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा गम्भीर खालको चोट लागेको थियो । यसअघि एन्फाले नबीन महर्जन र रबीन श्रेष्ठलाई पनि उपचारका लागि कतार ल्याएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : ०५ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत