कलाकारको फिटनेस र सिक्स प्याकका यी सारथी | Khabarhub Khabarhub

कलाकारको फिटनेस र सिक्स प्याकका यी सारथी


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड कलाकारको फिटनेस र सिक्स प्याक एब्स देखेर दर्शकहरु प्रायः आश्चर्यमा पर्दछन् । युट्युब र फेसबुकमा कैयौं दर्शकहरु कलाकारहरुको फिटनेसको रहस्य सोधिरहन्छन् ।

तर यो सिक्स प्याक एब्सको पछाडि उनीहरुको फिटनेस ट्रेनरको साझा मेहनत र समर्पण भने जहिल्यै लुकेको हुन्छ ।

बीबीसी हिन्दीले बलिउडका सबैभन्दा ठूला कलाकारलाई प्रशिक्षण दिने विशेषज्ञसँग कुराकानी गर्दै उनीहरुको कामको चुनौतिको विषयमा समाचार तयार पारेको छ ।

फिटनेस एक्सपर्ट लीना मोगरेलाई बलिउको पायोनियर फिटनेस ट्रेनर मानिन्छ । उनले मुम्बईमा त्यो समयमा जिम खोलिन्, जुन समयमा त्यहाँ जिमको प्रचलन नै थिएन ।

मोगरेले हालसम्म करीना कपूर, कटरीना कैफ, रणवीर कपूर, दीपिका पादुकोण, माधुरी दीक्षित नेने, कंगना रनावत, सलमान खान र जोन अब्राहमलाई फिटनेसको प्रशिक्षण दिइसकेकी छन् । उनले हरमनप्रीत कौर र रोहित शर्माजस्ता खेलाडीलाई पनि फिटनेसको प्रशिक्षण दिएकी छन् ।

‘मैले १९९४ मा सानो फिटनेस एकेडेमी खोलेको थिएँ । त्यो समयमा मानिसहरु जिमको नाम पनि जान्दैन थिए । माधुरी दिक्षितलाई मैले फिटनेस एकेडमी खोलेको थाहा भएपछि उनले फोन गरेर ‘हम आपके है कौन’ हिट भएपछि आफूले घर बाहिर व्यायाम गर्न नपाएको बताइन् । त्यसपछि मेरै एकेडेमीमा आउन सक्छु ? भनेर सोधिन्’, लीनाले भनेकी छन् ।

उनले अभिनेतालाई पनि फिटनेस प्रशिक्षण दिने निर्णय लिँदा उनलाई कैयौंले महिला भएर पुरुषलाई कसरी सिकाउछौं भनेर प्रश्न गरेका थिए । तर उनले कसैको कुरा नसुनी निरन्तर २८ वर्षदेखि अभिनेता र अभिनेत्रीको फिटनेस ट्रेनरको रुपमा काम गरिरहेकी छन् ।

हालैमात्र अभिनेता फरहान अख्तरको फिल्म ‘तुफान’को पोस्टर सार्वजनिक भयो । जसमा फरहानलाई एक बक्सरको रुपमा देखाइएको छ । उनको सिक्स प्याक एब्स र बाइसेप्स प्रष्ट देखिन्छ ।

फरहानको यो शरीर समीर जौराले बनाएका हुन् । फिल्म ‘भाग मिल्खा भाग’मा फरहानलाई ‘मिल्खा सिंह’ बनाउने श्रेय पनि समीरलाई नै जान्छ । उनी १७ वर्षदेखि फरहानसँग नजिक छन् ।

समीर २४ वर्षदेखि फिटनेस व्यवसायमा छन् । उनले अमेरिका गएर फिटनेसको पढाई गरे पनि फिल्ममा भने उनले ‘भाग मिल्खा भाग’बाटै पहिचान बनाए ।

‘भाग मिल्खा भागमा फरहानको शरीर मिल्खा सिंहको जस्तो देखाउनु निकै कठिन काम थियो । यसपछि मलाई पद्यावतका अलावा कवीर सिंहमा शाहिद कपुरको शरीर बनाउन पनि चुनौतिपूर्ण लाग्यो’, उनले भनेका छन् ।

फिल्म ‘गजनी’मा आमिर खानको शरीर तथा ‘बेङ बेङ’मा ऋतिक रोशनको शरीर बनाउने काम सत्यजीत चौरसियाले गरेका थिए ।

‘म नागपुरमा जन्मिएको हुँ । मुम्बई आएर जिम खोल्न सुझाव मलाई आमिर खानले नै दिएका हुन् । मैले कक्षा ८ मा पढ्दा हलिउड फिल्म ‘कानन द बारबेरियन’ हेरेको थिए । जहाँ आर्नोल्ड श्वार्जनेगर हिरो थिए’, उनले भनेका छन् ।

सन् १९९५ मा उनी मुम्बई आएपछि एकदिन फिल्मको सुटिङ गर्दा भाईका साथ फिल्म सिटी पुगेका थिए । जहाँ अजय देवगन र आमिर खान फिल्म ‘इश्क’को सुटिङ गरिरहेका थिए । ‘त्यहाँ आमिर खानले मलाई हेरिरहेका रहेछन् । सुटिङ सकेपछि उनको स्पटब्वाई मसँग आएर आमिरले बोलाइरहेको कुरा गरे । त्यहाँ गएपछि आमिरले मेरो शरीर कसरी बनाएको भएर सोधे’, सत्यजीत भन्छन् ।

उनले नागपुरमा आफ्नो जिम रहेको र आफू ट्रेनर भएको बताएपछि आमिरले भोलिपल्ट घरमा आएर आफूलाई सिकाउने तरिका देखाउन भनेका थिए ।

त्यसपछि आमिरले उनलाई मुम्बई आउन भनेपछि नागपुरमा गएर सबै बेचेर उनी मुम्बई आए । मुम्बईमा जिम खोलेपनि त्यहाँ आमिर आएनन् । एकदिन अभिनेता सैफ अली खान आएपछि चार महिनामा सैफको शरीर राम्रो बनाइदिए । त्यही बेला उनले आमिरसँगको घटना सुनाए ।

त्यसको केही समयमा सैफको आमिरसँग एक पार्टीमा भेट भयो । आमिरले सैफको शरीरबारे चासो राखेपछि सैफले सबै बेलीविस्तार लगाए । त्यसपछि आमिरले सत्यजीतलाई फोन गरेर फिल्म ‘मंगल पाण्डे’का लागि शरीर बनाउन तालिम चाहिएको कुरा सुनाए । उनलाई आमिरको ‘गजनी’ शरीर बनाउन करिब चार वर्ष लागेको थियो ।

अभिनेता सलमान खान, टाइगर श्राफ, आलिया भट्ट, प्रियंका चोपडा जोनासजस्ता कैयौं कलाकारको फिटनेस हेर्ने २७ वर्षे राकेश यादवले फिल्ममा स्टन्ट पयिन दिन्छन् । उनी कैयौं कलाकारका पर्सनल फिटनेस ट्रेनर र जिम्नास्ट ट्रेनर हुन् ।

उनी मुम्बईको जुहूबीचमा जिम्न्याष्टिकको अभ्यास गर्थे । आठ वर्ष अघि त्यही अभ्यास गरिरहँदा एक युवक आएर आफूलाई पनि जिम्न्याष्टिक सिकाइदिन आग्रह गरे । ती युवक अरु कोही नभई अभिनेता ज्याकी श्राफका छोरा टाइगर थिए ।

उनले फिल्म ‘सुल्तान’का लागि अभिनेता सलमान खानलाई प्रशिक्षण पनि दिएका छन् । उनी अहिले सलमानका निजी ट्रेनर हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १२ : ५५ बजे

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा