संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रले गठन गर्‍यो चार सदस्यीय कार्यदल « Khabarhub

संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रले गठन गर्‍यो चार सदस्यीय कार्यदल


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संगठनात्मक पुनर्निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ।’

ओलीले पदबाट राजीनामा दिएमा एउटै पार्टीबाट सरकार बन्न सक्ने तर्क गरे। ओली राजीनामा नदिएर पार्टी एकताको वातावरण बनाउन नचाहेको दाबी गरे।

स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : २९ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा