प्रतिगामी शक्तिलाई बहिर्गमन गर्ने पार्टीको नीति छ : उपेन्द्र यादव « Khabarhub

प्रतिगामी शक्तिलाई बहिर्गमन गर्ने पार्टीको नीति छ : उपेन्द्र यादव


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् ।

बुधबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउन पार्टीको मूल ध्येय हुने बताए ।

यादवले ओली नेतृत्वको सरकारमा जाने जसपाको कुनै योजना नरहेको स्पष्ट पारे ।

उनले प्रधानमन्त्रीसंग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने विषयमा भएको तर्क गरे । जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसँग मात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको तर्क गरे ।

उनले कांग्रेस र माओवादीको सरकारमा जान पार्टी खुल्ला रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ३३ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न