मुलुक शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश : प्रधानमन्त्री « Khabarhub

मुलुक शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश : प्रधानमन्त्री


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मुलधारमा फर्काएकाले नेपाल शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका हुन् ।

उनले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको उल्लेख गरे । त्यस्तै उनले संविधानको सफल कार्यान्वयनमार्फत जनताद्वारा प्रतिविम्वित विषयहरुलाई सम्बोधन गर्दै जाने जिकिर गरे ।

उनले शान्तिपूर्ण ढंगले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने र यसमा सुरक्षा निकायको भूमिका अपरिहार्य हुने तर्क गरे ।

प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमाा वृक्षारोपण समेत गरेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र