सुटिङमै वरुणले १२ पेग ह्विस्की पिएपछि…. « Khabarhub

सुटिङमै वरुणले १२ पेग ह्विस्की पिएपछि….


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्टले सन् २०१२ मा रिलिज फिल्म ‘स्टुडेण्ट अफ इयर’बाट अभिनयमा डेब्यू गरेका थिए ।

यो जोडी त्यसको पाँच वर्षपछि अर्थात् सन् २०१७ मा फिल्म ‘बद्रीनाथ की दुल्हनिया’मा देखिए । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

सशांक खेतान निर्देशित फिल्मको एक दृश्यमा अभिनेता वरुण वास्तविक मातेका थिए । निर्देशक सशांकका अनुसार दृश्यमा सही टोन दिनका लागि वरुणले १२ पेग ह्विस्की पिएका थिए ।

‘वरुणले ह्विस्की पिएपछि शानदार अभिनय गरे । तर यो सट लिएपछि उनलाई सम्हाल्न निकै गाह्रो पर्यो’, पिंकभिल्लासँगको कुराकानीमा सशांकले भनेका छन् ।

सट दिए वरुण नियन्त्रणबाहिर आए । त्यो समयमा उनलाई आलियाले सम्हालेकी थिइन् । यो दृश्यपछि उनी सुतेका थिए । फिल्ममा आलिया र वरुणसँगै गौहर खान, श्वेता बासु र साहिल वैद्यको पनि अभिनय थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र