माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा नेताहरुबीच पेरिसडाँडामा भेटवार्ता « Khabarhub

माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा नेताहरुबीच पेरिसडाँडामा भेटवार्ता


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँग भेटवार्ता गर्न पेरिसडाँडा पुगेका थिए।

भेटवार्तमा सहभागी एक नेताका अनुसार सरकार गठनका विषयमा छलफल गर्दै सहकार्य गरेर अघि बढ्नुपर्ने विषयमा नेताहरुबीच छलफल भएको हो ।

मंगलबारमात्रै अध्यक्ष दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाकै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए। बुधबार नै जसपाका नेता र एमालेका नेताहरूबीच पनि छलफल भएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ४५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन