अमट्रेड प्रालिको बजार योजना सार्वजनिक, पोखराको भट्टराई एण्ड ब्रोदर्स बन्यो उत्कृष्ट डिलर « Khabarhub

अमट्रेड प्रालिको बजार योजना सार्वजनिक, पोखराको भट्टराई एण्ड ब्रोदर्स बन्यो उत्कृष्ट डिलर


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमट्रेड प्रालीले भट्टराई एण्ड ब्रोदर्स पोखरालाई फेब्रुअरी महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ ।

आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोबार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

फेब्रुअरी महिनामा उक्त स्थान हासिल गर्न सफल भट्टराई एण्ड ब्रोदर्स प्रा ली पोखराका संचालक अम्बिका मोहन भट्टराईलाई अमट्रेड प्रा लि का सह–महाप्रवन्धक योगराज ढुङ्गानाले पोखरामा एक कार्यक्रमबीच सधन्यवाद सम्मानपत्रको साथमा पुरस्कार प्रदान गरेका छन् ।

सह–महाप्रवन्धक ढुङ्गानाका अनुसार सन २०२१ भर हरेक महिना निर्धारित मापदण्डमा रहेर उच्च कारोवार गर्ने एक डिलरलाई डिलर अफ द मन्थको सम्मानपत्र तथा पुरस्कार प्रदान गरिनेछ ।

यसैबीच लुमिनस पावर ब्याकअप सोलुसनको निमित्त नेपालको लागि आधिकारिक वितरक अमट्रेड प्रालीले सन २०२१ मा सञ्चालन गर्ने आफ्ना बजारीकरण गतिविधिहरुको योजना सार्वजनिक गरेको छ ।

तीन तहमा निर्धारण गरिएको उक्त योजनाले डिलर, सब–डिलर र उपभोक्तालाई समेटेको छ । स्थानीय तह र बजारमा रहेका अमट्रेड प्रालिका डिलरहरु मार्फत उक्त योजनाका विभिन्न गतिविधीहरु संचालन हुनेछन ।

डिलरले प्रस्तुत गरेको अवधारणापत्र बमोजिम स्थानिय स्तरमा आयोजना हुने बजारिकरण गतिविधिहरु संचालन हुनेछन भने सब–डिलर र उपभोक्ताको हकमा आयोजना हुने गतिविधि कम्पनी आँफैले संचालन गर्नेछ ।

लुमिनसका डिलरलाई कुनैपनि प्रकारको अतिरिक्त कार्यभार तथा व्ययभार ब्यहोर्न नपरोस भन्ने उद्देश्यले यस्तो ब्यवस्था गर्न लागिएको कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : ३७ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ