राजश्व सङ्कलन : सात महिनामै वार्षिक लक्ष्य नजिक « Khabarhub

राजश्व सङ्कलन : सात महिनामै वार्षिक लक्ष्य नजिक


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रु ८० करोड ३७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ ।

जुन सोही अवधिका लागि तोकिएको लक्ष्यको १८९.७ प्रतिशत हो । उक्त कार्यालयले माघ मसान्तसम्ममा रु २५ करोड ४३ लाख ४० हजार राजश्व उठाउने लक्ष्य लिए पनि रु ४८ करोड २३ लाख ५७ हजार सङ्कलन गर्न सफल भएको हो ।

चालू आवमा कूल रु ८६ करोड २० लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा सात महिनामै प्रगति वार्षिक लक्ष्यको नजिक पुगेको कार्यालयका प्रमुख कर अधिकृत जनक शर्माले बताए ।

बहाल करतर्फ रु एक करोड ११ लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य तोकिएकामा रु एक करोड सात लाख १९ हजार सङ्कलन भएको जनाइएको छ ।

यस्तै ब्याजकरतर्फ रु पाँच करोड ७६ लाख ८० हजार लक्ष्य तोकिएकामा रु सात करोड १९ लाख ४४ हजार, मूल्य अभिवृद्धि करतर्फ माघसम्ममा रु १० करोड ६९ लाख ८९ लाख सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २२ करोड सात लाख ३९ हजार सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ २०६.३ प्रतिशत प्रगति भएको हो । अन्तःशुल्क करतर्फ रु एक करोड आठ लाख ७७ हजार राजश्व सङ्कलनको लक्ष्य तोकिएकामा रु एक करोड ६८ लाख ५८ हजार सङ्कलन भएको छ । लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएकाले आउँदो वर्ष लक्ष्य थपिने प्रमुख कर अधिकृत शर्माको भनाइ छ ।

“आउँदो आवमा रु एक अर्ब ५० करोडसम्मको लक्ष्य तोकिन सक्छ”, उनले भने, “सरल र छरितो माध्यमबाट कर तिर्नसक्ने सुविधा करदातालाई दिएका छौँ, छुटका सुविधा पनि छन् ।”

कार्यालयले स्थायी लेखा नम्बर (पान) लिएर आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखसम्मको कारोवार गर्नेलाई विगत चार वर्षको आय विवरणको आय कर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत फागुन मसान्तसम्म बुझाएमा त्यसअघिका वर्षको कर, शुल्क तथा बाँकी ब्याज मिनाहा गरिने जनाएको छ ।

यस्तै विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिइ कर नबुझाएको भए विगत तीन वर्षको आय विवरण र सोमा लाग्ने कर यही फागुन मसान्तभित्र बुझाएमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण