चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि « Khabarhub

चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा गत फागुन १७ गतेदेखि सञ्चालन भएको ‘अन्तर क्लब टी–२० क्रिकेट लिग’को उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।

‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’को नारासहित केएन स्पोर्टस प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।

जीतका लागि चितवनले दिएको ७३ रनको सामान्य लक्ष्य जनकपुरले १५ ओभरको पाँचौँ बलमा पाँच विकेटको क्षतिमा भेट्टाएर उपाधिसहित ट्रफी तथा नगद रु ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो ।

टस जितेर शुरुआतमा ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरको खेलमा जम्मा ७२ रनमात्र जोड्न सफल भयो । चितवनका रोविन शर्माले १५ तथा सङ्घर्ष पौडेलले १२ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

जनकपुरका बलर रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान दुई/दुई विकेट लिए ।

टोलीलाई जीत दिलाउने क्रममा जनकपुरका अक्वर अलिले अविजित रहँदै महत्वपूर्ण ३२ रनको योगदान दिए । यसैगरी शोभाकान्त पाण्डेले १५ रन बनाए । चितवनका सङ्घर्ष पौडेलले सर्वाधिक तीन विकेट लिए ।

प्रतियोगितामा जनकपुरका राहुल प्रतापसिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट ब्याट्सम्यान घोषित हुनु भई मेडल पुरस्कार प्राप्त गरे

विजेता टोली र विभिन्न विधाका उत्कृष्ट हुन सफल खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायतले पुरस्कार वितरण गरे ।

कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेल गतिविधिलाई पूर्ववत् अवस्थामा फर्काउने प्रयास देशका विभिन्न जिल्लाका क्रिकेट क्लबका बीच प्रतियोगिता आयोजना गरिएको र क्रिकेट खेल विकासमा योगदान पुगेको प्रतियोगिता संयोजक कमल थापाले बताए ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा खेलाइएको प्रतियोगिताको समूहको शीर्ष दुईमा रहने चार टोलीका बीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : २९ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९