अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग « Khabarhub

अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीर अस्पतालमा अनशनरत छिन् ।

उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले आज यहाँ पत्रकार सम्मेलन गरी अपिल गरेका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा डा कपिल श्रेष्ठले गङ्गामायाले देशमा न्यायका लागि शान्तिपूर्ण सङ्घर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गरे ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले अनशनरत गङ्गामाया लामो समयदेखि न्यायका लागि अनशन बस्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाए । अधिवक्ता दिनेश त्रिपाठीले गङ्गामायाको जीवन सङ्कटमा भएको बताए ।

न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले ‘हत्यामा संलग्नलाई कारवाही हुनुपर्छ’ भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : १५ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण