आइपीएलको उद्घाटन खेलमा बैंगलोर विजयी « Khabarhub

आइपीएलको उद्घाटन खेलमा बैंगलोर विजयी


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो ।

बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन ।

त्यस्तै कप्तान विराट कोहली ३३ रनमा पेभेलियन फर्किए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए ।

वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए ।

मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई-दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक-एक विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो ।

मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : ०५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम