दश भारतीय कलाकारको यस्तो महंगो सम्बन्धविच्छेद « Khabarhub

दश भारतीय कलाकारको यस्तो महंगो सम्बन्धविच्छेद


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा प्रायः महंगो विवाहको बारेमा समाचार आइरहन्छन् । तर के तपाईंलाई थाहा छ, जसरी फिल्मी कलाकारहरु आफ्नो विवाहलाई भव्य बनाउन पानीजस्तै पैसा बगाउछन्, सम्बन्धविच्छेदमा पनि उनीहरुको उस्तै गरी पैसा खर्च हुने गरेको छ ।

अमर उजालाले बलिउडका १० जोडीको महंगो सम्बन्धविच्छेदका बारेमा समाचार तयार पारेको छ ।

अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनको सम्बन्धविच्छेद भारतमा मात्र नभई विश्वमै महंगो सम्बन्धविच्छेदको रुपमा गनिन्छ ।

दुवैको विवाह सन् २००० मा भएको थियो र ऋतिकको अफेयरको चर्चासँगै उनीहरुको सम्बन्धविच्छेद भयो । सुजैनले एलिमनीका रुपमा ४ सय करोड रुपैंयाँ मागेकी थिइन् । पछि आपसी सहमतिमा ऋतिकले उनलाई ३ सय ८० करोड रुपैंयाँ दिएका थिए ।

अभिनेत्री करिश्मा कपूरले वैवाहिक जीवनको एघार वर्ष पछि सन् २०१६ मा पति सञ्जयसँग सम्बन्धविच्छेद गरिन् । सम्बन्धविच्छेदको समयमा करिश्मा र उनका पतिबीच १४  करोड रुपैंयाँको सम्झौता भएको थियो । जसअनुसार व्यापारी सञ्जय हरेक महिनामा करिश्मालाई १० लाख रुपैंयाँ दिइरहेका छन् । यो पैसा उनीहरुको दुई सन्तानको हेरचाहमा खर्च हुने गर्दछ ।

बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर र उनकी पत्नी अधुनाको सम्बन्धविच्छेदको समाचार सार्वजनिक हुँदा उनका फ्यानहरु चकित परेका थिए ।

किनकी यो जोडीले विवाहको करिब १६ वर्षपछि अलग्गिने निर्णय लिएका थिए । यसअघि न फरहान न त अधुनाको नै अफेयरको चर्चा थियो ।

सम्बन्धविच्छेदपछि अधुनाले मुम्बईस्थित १ हजार स्क्वायर फीटमा बनेको घर आफ्नो नाममा हुनुपर्ने माग राखिन् । यसबाहेक फरहान आफ्नो छोरीको स्याहारसुसारका लागि हरेक महिना मोटो रकम दिने गरेका छन् ।

विवाहको जस्तै अभिनेता सैफअली खान र अभिनेत्री अमृता सिंहको सम्बन्धविच्छेदले पनि निकै चर्चा पाएको थियो । उमेरले १३ वर्ष जेठी अमृतासँग विवाह गरेको करिब १३ वर्षमा नै सैफले अलग्गिने निर्णय लिए ।

एक अन्तरवार्तामा सैफल सम्बन्धविच्छेदको समयमा ५ करोड रुपैंयाँ एलिमनी दिने सम्झौता भएको र जसमा २ दशमलब ५ करोड रुपैंयाँ दिइसकेको बताएका थिए । उनले हरेक महिना १ लाख रुपैंयाँ छोराछोरीको हेरचाहनका लागि दिने गरेका छन् ।

रिया पिल्लई अभिनेता सञ्जय दत्तको दोस्रो पत्नी थिइन् । सञ्जय रियालाई निकै प्रेम गर्थे । सम्बन्धविच्छेदको निकै लामो समयसम्म सञ्जयले रियाको खर्च व्यहोर्दथे ।

सम्बन्धविच्छेदपछि उनले रियालाई कति रुपैंयाँ दिए भन्ने कुरा हालसम्म खुल्न सकेको त छैन । तर बुझिए अनुसार सबैभन्दा महंगो कारसँगै सञ्जयले ४ करोड रुपैंयाँ दिएका थिए ।

अभिनेता सञ्जयसँग सम्बन्धविच्छेद पछि रियाले टेनिस खेलाडी लिएण्डर पेससँग विवाह गरेकी थिइन् । तर यो सम्बन्ध पनि लामो समय टिकेन र दुवै अलग्गिए ।

लिएण्डरसँग अलग्गिदा रियाले हरेक महिना ४ लाख रुपैंयाँ दिनुपर्ने माग राखेकी थिइन् । जसमा ३ लाख रुपैंयाँ आफ्ना लागि र ९० हजार छोरीको पढाईका लागि थियो । प्रख्यात फिल्म निर्माता र रानी मुखर्जीका पति आदित्य चोपडाले आफ्नो पत्नी पायलसँग सम्बन्धविच्छेद गर्दा ५० करोड रुपैंयाँ दिएका थिए ।

अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवाले सन् २०११ मा रमलतासँग सम्बन्धविच्छेद गरे । उनले एलिमनीको रुपमा रमलतालाई एक लाख रुपैंयाँ मात्र दिए । यो पैसासँगै उनले २० देखि २५ करोड रुपैयाँको सम्पत्ति पनि दिए ।

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानले आफ्नो परिवारको विरुद्ध गएर सन् १९८६ मा रीना दत्तसँग विवाह गरे । तर केही वर्षमै दुवैबिच खटपट भयो र सन् २००२ मा उनीहरुले सम्बन्धविच्छेद गरे । आमिरले सम्बन्धविच्छेदको समयमा रीनालाई ५० करोड रुपैयाँ दिएका थिए ।

बलिउडको हट जोडीका रुपमा चिनिएका अरबाज खान र मलाइका अरोडको सम्बन्धविच्छेद पनि महंगो मानिन्छ । समाचार अनुसार सम्बन्धविच्छेद पछि मलाइकालाई अरबाजले १५ करोड रुपैंयाँ दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १२ : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले