अमेरिकी र्‍यापर र अभिनेता अर्लको निधन « Khabarhub

अमेरिकी र्‍यापर र अभिनेता अर्लको निधन


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–अमेरिकी र्‍यापर र अभिनेता अर्ल सिमन्सको हृदयघातका कारण निधन भएको छ । उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे ।

अमर उजालामा प्रकाशित समाचारअनुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो ।

उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए । गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो एलबम ‘इट्स डार्क एण्ड हेल इज हट’ले पहिलो स्थान पाएको थियो ।

उनले ‘रफ राइडर्स एन्थम’, ‘गेट एट मी डग’ र ‘स्टप बिइङ ग्रीडी’ जस्ता लोकप्रिय गीत दिए । उनको दुई एलबम ‘द ग्रेट डिप्रेशन’ र ‘ग्राण्ड च्याम्प’लाई दर्शकले निकै मनपराए ।

विगत दुई वर्षदेखि डीएमएक्स मादक पदार्थको सेवनको समस्यामा जुधिरहेका थिए । सन् २०१९ मा यो समस्याबाट मुक्ति पाउनका लागि एक मदिरा सेवन मुक्त केन्द्रमा गएका थिए । जसकारण उनले कैयौं शो रद्द गर्नुपरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको