बलिउड सेलिब्रेटीको अध्यात्म मोह « Khabarhub

बलिउड सेलिब्रेटीको अध्यात्म मोह


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड र अध्यात्मको सम्बन्ध पुरानो छ । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले आफ्नो क्यामरा जिन्दगीलाई छोडेर जिन्दगीको सार पाउन र जीवनलाई बुझ्न अध्यात्मको सहारा लिएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार अहिले पनि बलिउडका कलाकारहरु आफ्नो आध्यात्मिक गुरुको सल्लाहलाई शिरोपर गर्दै अगाडि बढ्ने गरेका छन् ।

हालैमात्र अभिनेत्री कंगना रनावतले सद्गुरु जग्गी बासुदेवको समर्थनमा एक ट्वीट गरिन् । सद्गुरु भगवान कृष्णको बारेमा बोलेको एक भिडियोका कारण ट्रोल भइरहेका छन् ।

यस्तोमा कंगनाले उनको समर्थन गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छन् । यसअघि पनि कंगना सद्गुरुको समर्थनमा उभिएकी छन् । उनले सद्गुरुका साथ भिडियो नै बनाएकी छन् ।

कुनै समयका बलिउडका सुपरस्टार विनोद खन्नाले बलिउडलाई छोडेर अध्यात्म यात्रालाई समातेका थिए । उनले फिल्म र आफ्नो परिवारलाई छोडेर ओशोको शरणमा जाने निर्णय लिएका थिए ।

उनी ओशोको आश्रममा निकै समय बसे । यहीकारणले उनको फिल्मी करियर र पारिवारिक सम्बन्ध बिग्रिएको थियो ।

अभिनेता शाहिद कपूर र उनकी पत्नी मीरा राजपूतको परिवार राधा स्वामी सत्संगको एक हिस्सा हुन् । यही सत्संगमा शाहिद र मीराका आमाबाबुको भेट भएको थियो । यही भेटमा उनीहरुको विवाहको टुंगो लागेको थियो ।

अभिनेता ऋतिक रोशन एक समय ओनिनेस युनिभर्सिटीमा विश्वास राख्थे । उनले यो विषयमा कुराकानी गर्दै कैयौंपटक विश्वविद्यालयका कारण आफ्नो जीवन कैयौं पटक शान्त र खुशीमय बनेको उल्लेख गरेका थिए ।

अभिनेता सञ्जय दत्तले सन् २०१७ मा श्री श्री रवि शंकरसँग भेटघाट गरेका थिए । उनीहरु दुवै मिलेर ड्रग रिह्याब सेन्टर खोल्ने योजनाका लागि यो भेटघाट भएको थियो ।

रविशंकर र सञ्जयको पहिलो भेट पुणेको जेलमा भएको थियो । त्यहाँ रविशंकर योगमा आधारित आध्यात्मिक मण्डलीका लागि पुगेका थिए । यो जेलमा सञ्जय सन् १९९३ को बमकाण्डको मामलामा जेल जीवन बिताइरहेका थिए । रविशंकरको मण्डलीमा अध्यात्म सिक्ने ३ सय जनामध्ये सञ्जय पनि एक थिए ।

राधे माँलाई आम मानिसझैं बलिउडका सेलिब्रेटीले पनि फलो गर्दै आएका छन् । राधे माँका साथ मनोज तिवारीको एक तस्वीर भाइरल भएको थियो । त्यसपछि मनोज विवादमा आएका थिए । समाचार अनुसार मनोज राधे माँका भक्त हुन् ।

मनोजको जस्तै निर्देशक सुभाष घईको पनि राधे माँसँगको तस्वीर भाइरल भएको थियो । उनले राधे माँलाई उचालेका थिए ।

राधे माँ आफ्नो भनाईका कारण विवादमा थिइन् । यही माहोलमा सुभाषसँगको तस्वीर बाहिर आएपछि सुभाष पनि विवादमा मुछिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : ५५ बजे

भारतको कूटनीतिक परीक्षणमा रविको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पाँचदिने

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन– यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा