बलिउड सेलिब्रेटीको अध्यात्म मोह « Khabarhub

बलिउड सेलिब्रेटीको अध्यात्म मोह


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड र अध्यात्मको सम्बन्ध पुरानो छ । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले आफ्नो क्यामरा जिन्दगीलाई छोडेर जिन्दगीको सार पाउन र जीवनलाई बुझ्न अध्यात्मको सहारा लिएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार अहिले पनि बलिउडका कलाकारहरु आफ्नो आध्यात्मिक गुरुको सल्लाहलाई शिरोपर गर्दै अगाडि बढ्ने गरेका छन् ।

हालैमात्र अभिनेत्री कंगना रनावतले सद्गुरु जग्गी बासुदेवको समर्थनमा एक ट्वीट गरिन् । सद्गुरु भगवान कृष्णको बारेमा बोलेको एक भिडियोका कारण ट्रोल भइरहेका छन् ।

यस्तोमा कंगनाले उनको समर्थन गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छन् । यसअघि पनि कंगना सद्गुरुको समर्थनमा उभिएकी छन् । उनले सद्गुरुका साथ भिडियो नै बनाएकी छन् ।

कुनै समयका बलिउडका सुपरस्टार विनोद खन्नाले बलिउडलाई छोडेर अध्यात्म यात्रालाई समातेका थिए । उनले फिल्म र आफ्नो परिवारलाई छोडेर ओशोको शरणमा जाने निर्णय लिएका थिए ।

उनी ओशोको आश्रममा निकै समय बसे । यहीकारणले उनको फिल्मी करियर र पारिवारिक सम्बन्ध बिग्रिएको थियो ।

अभिनेता शाहिद कपूर र उनकी पत्नी मीरा राजपूतको परिवार राधा स्वामी सत्संगको एक हिस्सा हुन् । यही सत्संगमा शाहिद र मीराका आमाबाबुको भेट भएको थियो । यही भेटमा उनीहरुको विवाहको टुंगो लागेको थियो ।

अभिनेता ऋतिक रोशन एक समय ओनिनेस युनिभर्सिटीमा विश्वास राख्थे । उनले यो विषयमा कुराकानी गर्दै कैयौंपटक विश्वविद्यालयका कारण आफ्नो जीवन कैयौं पटक शान्त र खुशीमय बनेको उल्लेख गरेका थिए ।

अभिनेता सञ्जय दत्तले सन् २०१७ मा श्री श्री रवि शंकरसँग भेटघाट गरेका थिए । उनीहरु दुवै मिलेर ड्रग रिह्याब सेन्टर खोल्ने योजनाका लागि यो भेटघाट भएको थियो ।

रविशंकर र सञ्जयको पहिलो भेट पुणेको जेलमा भएको थियो । त्यहाँ रविशंकर योगमा आधारित आध्यात्मिक मण्डलीका लागि पुगेका थिए । यो जेलमा सञ्जय सन् १९९३ को बमकाण्डको मामलामा जेल जीवन बिताइरहेका थिए । रविशंकरको मण्डलीमा अध्यात्म सिक्ने ३ सय जनामध्ये सञ्जय पनि एक थिए ।

राधे माँलाई आम मानिसझैं बलिउडका सेलिब्रेटीले पनि फलो गर्दै आएका छन् । राधे माँका साथ मनोज तिवारीको एक तस्वीर भाइरल भएको थियो । त्यसपछि मनोज विवादमा आएका थिए । समाचार अनुसार मनोज राधे माँका भक्त हुन् ।

मनोजको जस्तै निर्देशक सुभाष घईको पनि राधे माँसँगको तस्वीर भाइरल भएको थियो । उनले राधे माँलाई उचालेका थिए ।

राधे माँ आफ्नो भनाईका कारण विवादमा थिइन् । यही माहोलमा सुभाषसँगको तस्वीर बाहिर आएपछि सुभाष पनि विवादमा मुछिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : ५५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित