कमेडी शो चलाउदै बोमन र अरशद « Khabarhub

कमेडी शो चलाउदै बोमन र अरशद


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड कलाकारद्वय बोमन इरानी र अरशद वारसी पुनः एकपटक पर्दामा सँगै देखिने भएका छन् । यद्यपि यसपटक उनीहरु कुनै फिल्मका लागि नभई एक टेलिभिजन रियालिटी शोका लागि सहकार्य गर्न लागेका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार बोमन र अरशद एक कमेडी रियालिटी शोको प्रमुख हिस्सा हुँदैछन् । जुन शो अमेजन प्राइम भिडियोमा हेर्न सकिनेछ । यतिमात्र होइन, शोको प्रतिष्पर्धी बलिउडकै चर्चित कमेडियन हुनेछन् ।

‘करिब ६ महिनादेखि अमेजन यो रियालिटी शोको योजना बनाइरहेको थियो । तर कोरोनाका कारण यो योजनामा केही ढिलाई भएको थियो । अहिले आएर निर्माताहरु शो होस्ट गर्नलाई अरशद र बोमनलाई अनुबन्धित गरेका छन् ।’ शो निकट स्रोतले भनेको छ ।

सुरुवाती चरणमा निर्माताले शोको तीन सिजन ल्याउनेछन् । शोको सिजन कति संख्यामा बढ्छ भन्ने कुरा पहिलो सिजनलाई प्राप्त प्रतिक्रियामा भर पर्नेछ ।

यो शो अष्ट्रेलियाको कमेडी रियालिटी शो ‘लोल–लास्ट वन लाफिङ’को भारतीय भर्सन हुनेछ । शोमा कमेडियन प्रतिष्पर्धीहरु एकापसमा प्रतिष्पर्धा गर्नेछन् ।

उनीहरुको उद्देश्य अर्को प्रतिष्पर्धीलाई हसाउनु पर्ने भए पनि उनीहरुले हसाउदा आफ्नो अनुहार बिगार्न पाइने छैन । यदी उनीहरुको हाउभाउमा केही परिवर्तन आएमा उनीहरुलाई एविक्ट गरिनेछ ।

निर्माताका अनुसार यो शोमा हालसम्म प्रतिष्पर्धीका रुपमा सुनील ग्रोवर, साइरस ब्रोचा, सुरेश मेनन, गौरव गेरा, मल्लिका दुआ र कुशा कपिला फाइनल भइसकेका छन् ।

शो मे महिनामा सुरु हुनेछ । अरशर र बोमनले फिल्म ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्नाभाई’, ‘दन दना दन दोल’ र ‘जोली एलएलबी’मा सहकार्य गरिसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : १५ बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे