कति पारिश्रमिक लिन्छन् ‘कपिल शर्मा शो’का कलाकार ? « Khabarhub

कति पारिश्रमिक लिन्छन् ‘कपिल शर्मा शो’का कलाकार ?


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतीय टेलिभिजनमा ‘कपिल शर्मा शो’ सर्वाधिक लोकप्रिय टेलिभिजन शो मानिन्छ । टीआरपीदेखि लिएर मानिसलाई मनपर्ने शोका रुपमा यसलाई लिइन्छ ।

यो शोको लोकप्रियताको श्रेय यसको टिमलाई जान्छ । तर विशेष श्रेय यसका सञ्चालक कपिल शर्मा आफैं हुन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार यो शोका कलाकारहरुको पारिश्रमिक कुनै पनि बलिउड कलाकारको भन्दा कम छैन ।

हालसम्म कपिलले एक समयमा एक एपिसोडवापत ३० देखि ३५ लाख पारिश्रमिक लिन्थे । अहिले उनले आफ्नो पारिश्रमिक बढाएर प्रति एपिसोड ५० लाख पु¥याएका छन् ।

कपिल शोमा नवजोत सिंह सिद्धूको स्थानमा आउने कलाकार अर्चना पुरण सिंहको प्रति एपिसोड पारिश्रमिक १० लाख रुपैंयाँ छ । उनले यसअघि अन्य कैयौं कमेडी शोमा सहभागिता जनाइसकेकी छन् ।

अर्का कलाकार कृष्णा अभिषेक शोमा सपनाको भूमिका निभाइरहेका छन् । उनी एक एपिसोडका लागि १० देखि १२ लाखसम्म पारिश्रमिक लिन्छन् ।

किकू शारदा सुरुवाती समयदेखि नै यो शोको हिस्सा हुन् । समयसँगै उनले आफ्नो भूमिकामा निकै परिवर्तन गरेका छन् । उनी कपिलको एकदमै नजिकमध्येमा पर्छन् । उनी यो शोमा काम गर्दा प्रति एपिसोड ५ लाख रुपैंयाँ लिन्छन् ।

यो शोको अर्को महत्वपूर्ण सदस्य भारती सिंह पनि हुन् । टेलिभिजन शोका अलावा उनी कैयौं हिट अवार्ड शोको सञ्चालक पनि हुन् । त्यहीकारण उनी शोको प्रति एपिसोड १० देखि १२ लाख रुपैंयाँ पारिश्रमिक लिन्छिन् ।

चन्दन प्रभाकर कपिल शर्माका बाल्यकालदेखिकै साथी हुन् । दुवैले कैयौं कमेडी शोमा काम गरेका छन् । उनी कपिलको लाफ्टर च्यालेन्जमा पनि सहभागीका रुपमा थिए । चन्दनले प्रति एपिसोड ७ लाख रुपैंयाँ पारिश्रमिक बुझ्छन् ।

यो शोको प्रमुख अभिनेत्रीमा सुमोना चक्रवर्ती पनि पर्छिन् । सुमोना एक शोबाट ६ देखि ७ लाख रुपैंयाँ पाउछिन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : १० बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे