मेयर कप क्रिकेटको उपाधि एपीएफलाई « Khabarhub

मेयर कप क्रिकेटको उपाधि एपीएफलाई


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।

कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले विन्दू रावतको नटआउट ४४ रन मद्दतमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो ।

प्रतियोगिताको विजेता एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार पाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  २ : ४५ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको