मेयर कपको उपाधि एपीएफलाई « Khabarhub

मेयर कपको उपाधि एपीएफलाई


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी-२० च्याम्पियन्सको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाइन् ।

पाण्डे र रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरिन् । ज्योति र सीता दुवै रनआउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । उसका लागि विन्दु रावलले उत्कृष्ट ब्याटिङ गरिन् ।

उनले ५४ बलमा चार चौकासहित अविजित ४४ रन बनाइन् । त्यस्तै, डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिइन् । बाँकी ब्याट्सवुमनले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा विनु बुढा, सीता रानामगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले एक–एक विकेट लिए । प्रतियोगिताको विजेताले टोली एपीएफले ३ लाख नगद पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमले भने एक लाख ५० हजारमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५५ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको