प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित « Khabarhub

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लालाई हराएको छ ।

आइतबार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लामाथि पुनरागमन जित हात पारेको हो ।

युनाइटेडले भिल्लाविरूद्ध ३-१ गोलको जित निकाल्यो । युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो । जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ ।

पराजित एस्टन ४८ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको