खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह | Khabarhub Khabarhub

खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ (सिन्ह्वा)- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिकालगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गरेका छन् ।

उनले कुनै देशको नाम उल्लेख नगरिकनै भने, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुखद् कुरा हो ।”

पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्रोले भने, “खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ ।”

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्रोले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गरेको समाचारमा उल्लेख गरेका छन् ।

यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : १० बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस