अक्सिजन सिलिण्डर सङ्कलनमा जुट्यो प्रहरी  « Khabarhub

अक्सिजन सिलिण्डर सङ्कलनमा जुट्यो प्रहरी 


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनुहुँ- जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ ।

अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ । दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा खाली सिलिण्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिण्डर सङ्कलन गरिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिण्डर सङ्कलन गरेको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर विभिन्न अस्पतालमा पठाउने गरी सङ्कलन गरिएको भुसालले जानकारी दिए । सङ्कलन गरिएको सिलिण्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ ।

यस्तै तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रो कम्पनीसँग पनि सिलिण्डर रहेकाले प्रशासन कार्यालयको पत्रपछि उक्त सिलिण्डर पनि सङ्कलन गरिने प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि पनि आँबुखैरेनी क्षेत्रबाट २६ वटा सिलिण्डर सङ्कलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको थियो ।

दमौली आसपासका ग्यारेजमा अक्सिजनका सिलिण्डर जथाभावीरूपमा फालिएको भेटिएको थियो । प्रयोगमा आएका सिलिण्डर जथाभावीरूपमा फालिएको तस्वीर सार्वजनिक भएपछि ती सिलिण्डर सङ्कलन गर्नुपर्ने आवाज उठेको थियो ।

अक्सिजनको सिलिण्डर ग्यारेजमा फलाम काट्न, हाइड्रो कम्पनीमा वेल्डिङ र सुन पसलहरुमा प्रयोग हुँदै आएको छ । कतिपयले भने घरमा पनि राख्ने गर्नाले अहिले सिलिण्डर अभाव भएको सार्वजनिक हुँदै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै