हत्या आरोपमा सर्लाहीमा एक जना पक्राउ « Khabarhub

हत्या आरोपमा सर्लाहीमा एक जना पक्राउ


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- एक साताअघि सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय शिवजी साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मदन कुँवरका अनुसार वैशाख २० गते घर साहले अगाडिको आँपको बगैंचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए ।

शरीरको अधिकांश भाग चलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारको लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

घटनापछि फरार भएका साहलाई मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रवक्ता कुँवरले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ०१ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५