कतारमा दुई लाखभन्दा बढीले जिते कोरोना, थप ३८९ जना संक्रमित « Khabarhub

कतारमा दुई लाखभन्दा बढीले जिते कोरोना, थप ३८९ जना संक्रमित


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा पछिल्लो २४ घण्टामा थप १ हजार ६३ जनाले कोरोना जितेका छन् ।

योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १ हजार ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८९ जनालाई संक्रमण पुष्टी भएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १० हजार ९९२ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट थप ४३, ५१, ५५, ५७, ६६ र ६९ बर्षीय नागरिको मृत्यु भएको छ । योसंगै मृतकको सङ्ख्या ५०८ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

अहिले कतारमा ८ हजार ९५४ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ४८९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये २५२ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म १८ लाख १३ हजार २४० जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप दिइरहेको छ ।

थप ४९० जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९० जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ४५२ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ३ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, २० जनालाई सामाजिक दूरी कायम नगरेकोमा तथा बाँकी १५ जनालाई एउटै कोठामा बसेको भेटिएपछि कारबाही गरिएको जनाएको छ ।

संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने कयौँ व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १२ : ५० बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन