संसद बैठकमा अनुपस्थित हुने नेपाल समूहको निर्णय « Khabarhub

संसद बैठकमा अनुपस्थित हुने नेपाल समूहको निर्णय


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एमालेको नेपाल पक्षका सांसदहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

बैठकमा सहभागी नेता भीम रावलका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय भएको छ । संसदको बैठक आज १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

बैठकमा सहभागी केही सांसदले आफ्नो धारणा राख्नेक्रममा राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर मध्यमार्गी बाटो अपनाउनुपर्ने सुझाव दिएका थिए ।

आइतबार बेलुका सिंहदरबारमा बसेको नेपाल पक्षका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ३० बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती