संसद बैठकमा अनुपस्थित हुने नेपाल समूहको निर्णय | Khabarhub Khabarhub

संसद बैठकमा अनुपस्थित हुने नेपाल समूहको निर्णय


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एमालेको नेपाल पक्षका सांसदहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

बैठकमा सहभागी नेता भीम रावलका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय भएको छ । संसदको बैठक आज १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

बैठकमा सहभागी केही सांसदले आफ्नो धारणा राख्नेक्रममा राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर मध्यमार्गी बाटो अपनाउनुपर्ने सुझाव दिएका थिए ।

आइतबार बेलुका सिंहदरबारमा बसेको नेपाल पक्षका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ३० बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड