एमाले विभाजन भए नेपाल–खनालको पार्टीमा सामेल हुनेछु : वामदेव गौतम « Khabarhub

एमाले विभाजन भए नेपाल–खनालको पार्टीमा सामेल हुनेछु : वामदेव गौतम


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले एमाले विभाजन भए आफू नेता माधव नेपाल र झलनाथ खनालको पार्टीमा सामेल हुने स्पष्ट पारेका छन् ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका हुन् । उनले लेखेका छन्, ‘अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर फर्किएको बताएका छन्। माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि चलाएको प्रति आफ्नो समर्थन नरहेको समेत स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा…

Posted by Bishwamani Subedi Bimasu on Monday, May 10, 2021

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ४६ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५