यसरी तयार भयो ‘ओले ओले’ गीत « Khabarhub

यसरी तयार भयो ‘ओले ओले’ गीत


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कुनै समय बलिउडका गीत र अभिनेताको स्टाइलले बजारको स्टाइल तय गथ्र्यो । ऋषि कपूरको स्वेटर होस् या सुपरहिट गीत सबैलाई दर्शकले उत्तिकै मनपराउथे ।

एउटा यस्तै सुपरहिट गीत थियो फिल्म ‘ये दिल्लगी’को ‘ओले–ओले’ । यो गीत यति सुपरहिट थियो कि तत्कालिन समयमा जुनसुकै पार्टीमा अनिवार्य बज्दथ्यो ।

एबीपी लाइभका अनुसार डीजेमा गीत बज्नासाथ जोकोही फिल्मका अभिनेता सैफ अली खानजस्तै नाँच्न थाल्थे । यो गीत जति हिट छ, त्यति नै यो गीत बन्नु पछाडिको कथा बेग्लै छ ।

यो गीत समीर सेन र दिलीप सेनले लेखेका थिए । गीत यति हिट भयो कि फिल्म निर्माताहरु समीरलाई यस्तै तडक भडक किसिमको गीत माग गर्न थाले ।

फिल्म यशराज ब्यानरमा बनिरहेको थियो । समीर र दिलीपले फिल्मका लागि जम्मा तीन गीत लेखेका थिए । यो गीतलाई उनीहरुले तेस्रो नम्बरमा राखेका थिए ।

जब यश चोपडालाई अन्य दुई गीत सुनाए, उनले दुई गीत अस्वीकार गरे । अन्त्यमा दुवैले यशराजलाई तेस्रो गीत सुनाउदा उनले गीत सुपरहिट साबित हुने घोषणा गरे ।

यो गीत तयार हुनुमा अर्को रोचक किस्सा छ । समीर र दिलीप आफ्नो कारमा कतै जाँदै थिए । त्यहीबेला अचानक बाटोमा पानीसँगै असिना पर्न थाल्यो । त्यसपछि समीरले असिनालाई गीतमा कतै प्रयोग गर्न सकिने सोच बनाए । अनि उनले लेखे ‘ओले ओले’ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : २० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा