नेपालबाट हुने हवाई उडानमा युएईले लगायो रोक « Khabarhub

नेपालबाट हुने हवाई उडानमा युएईले लगायो रोक


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध बुधबार मध्यरातदेखि लागू हुने यूएईको खलिज टाइम्स डटकमले उल्लेख गरेको छ ।

हवाई उडानमा प्रतिबन्ध लागेका देशमा नेपालबाहेक बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भारतमाथि यसअघि नै प्रतिबन्ध लागिसकेको छ ।

कार्गो उडानमा भने रोक लगाइएको छैन । यूएईका नागरिक, कूटनीतिक मिसनका अधिकारी, व्यापारी तथा गोल्डेन भिसावाहक भने यी देशबाट त्यहाँ जान सक्नेछन् ।

उनीहरूले उडान हुनुअघि बढीमा २४ घण्टाबीचमा पीसीआर टेस्ट गरी प्राप्त भएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यस्ता व्यक्तिले यूएईमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

नेपालले वैशाख २३ गते मध्यरातबाट भारतसँग साताको दुई पटकबाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३० बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु