नेपालबाट हुने हवाई उडानमा युएईले लगायो रोक « Khabarhub

नेपालबाट हुने हवाई उडानमा युएईले लगायो रोक


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध बुधबार मध्यरातदेखि लागू हुने यूएईको खलिज टाइम्स डटकमले उल्लेख गरेको छ ।

हवाई उडानमा प्रतिबन्ध लागेका देशमा नेपालबाहेक बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भारतमाथि यसअघि नै प्रतिबन्ध लागिसकेको छ ।

कार्गो उडानमा भने रोक लगाइएको छैन । यूएईका नागरिक, कूटनीतिक मिसनका अधिकारी, व्यापारी तथा गोल्डेन भिसावाहक भने यी देशबाट त्यहाँ जान सक्नेछन् ।

उनीहरूले उडान हुनुअघि बढीमा २४ घण्टाबीचमा पीसीआर टेस्ट गरी प्राप्त भएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यस्ता व्यक्तिले यूएईमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

नेपालले वैशाख २३ गते मध्यरातबाट भारतसँग साताको दुई पटकबाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको