प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल, स्वतः पदमुक्त « Khabarhub

प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल, स्वतः पदमुक्त


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे ।

प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेपाल-खनाल समूहका सांसद मतदानमा अनुपस्थित भएका थिए ।

यसअघि प्रतिनिधिसभा बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको थियो। त्यसअघि सभामुख अग्नि प्रसाद सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए ।

मतदानअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५० बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन