राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा थापा नियुक्त « Khabarhub

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा थापा नियुक्त


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले जिल्ला अदालत दाङका न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

मंगलबारबाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।

बैठकले उनलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा नियुक्त गरेको हो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ४५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज