‘निफ’मा ‘आमा खान्डो’ उत्कृष्ट, ‘लाटकोसेरो’लाई तीन अवार्ड « Khabarhub

‘निफ’मा ‘आमा खान्डो’ उत्कृष्ट, ‘लाटकोसेरो’लाई तीन अवार्ड


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा आयोजना गरिएको पाँच दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ सोमबार समापन भएको छ ।

फेस्टिभलमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित हुँदा निर्देशन तर्फको अवार्ड पनि यही फिल्मले पोल्टामा पार्यो । फिल्मले एक लाख नगद जितेको छ ।

अभिनयतर्फ फिल्म ‘लाटकोसेरो’का अभिनेता नविन शिल्पकार र अभिनेत्री सरिता गिरीले दुवै अवार्ड जिते । यही फिल्मबाट निर्देशक शिरिष गुरुङले छायांकनको अवार्ड जिते ।

‘उत्कृष्ट पटकथा’को अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले चुमे । । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको ‘गौतम बुद्ध अवार्ड’ बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्यो । फिल्मले १५ सय अमेरिकी डलर पायो ।

सर्ट फिल्म तथा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्म विधामा दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय डलर पुरस्कार राशि रहेको ‘बागमती पुरस्कार’ जित्दा नेपालबाट राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरियो । यो फिल्मले पनि ५ सय डलर नै पुरस्कार पाएको छ ।

त्यसैगरी फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ले एनिमेटेड विधामा ७ सय ५० डलर पुरस्कार राशि रहेको ‘मञ्जुश्री अवार्ड’ जित्यो । वृत्तचित्रतर्फ स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ले १ हजार डलर पुरस्कार राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ पायो ।

महामारी वरपर रहेर निर्माण गरिएको फिल्म ‘सिभिल सोल्जर्स’ले ५ सय डलर राशीको पुरस्कार जित्यो । यो फिल्मका निर्देशक गणेश पाण्डे हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ०० बजे

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक