‘दिपक मनाङे’ सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा « Khabarhub

‘दिपक मनाङे’ सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्पर्कबिहीन भएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ अझै सम्पर्कमा आएका छैनन्। उनी हिजो बुधबारदेखि सम्पर्कमा आएका छैनन् ।

आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएसँगै मनाङे भने सम्पर्कबिहीन भएका हुन् । मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गर्ने संकेत पनि देखाएका छन् ।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै छन्।

गुरुङले वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।

मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद ‘मनाङे’ले सत्तापक्षलाई साथ छाड्ने संकेत जनाएपछि मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन कठिन देखिएको छ।

गण्डकीमा कुल ६० जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : ३२ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका