गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल « Khabarhub

गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा ५८ जना उपस्थित भएको र ५७ जनाले मतदान गरेकोमा विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको घोषणा गरे । उनले एक मतका बारे केही प्रष्ट पारेनन् ।

पक्षमा परेको उक्त मत बहुमत नभएकाले मुख्यमन्त्री गुरुङको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले बताए ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत आवश्यक रहेकोमा मुख्यमन्त्री गुरुङका पक्षमा ४ मत पुगेन ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ०७ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर