ट्रेन्डिङमा ‘जस्टिस फर ईपीएस पासर’ « Khabarhub

ट्रेन्डिङमा ‘जस्टिस फर ईपीएस पासर’


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरियन भाषा परीक्षा पास भए पनि डेढ वर्षदेखि कोरिया जान नपाएका श्रमिकहरुले सामाजिक सञ्चाल ट्वीटरमा चलाएको ‘जस्टिस फर इपीएस पासर’ अभियान नेपालको ट्वीटर ट्रेण्डिङ एकमा आएको छ । श्रमिकहरुले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गरेका छन् ।

उनीहरुले सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै आक्रोश पोखेका छन् । हालसम्म २८ हजार पाँच सय ट्वीट भइसकेका छन् ।

२०७६ फागुनको पहिलो सातादेखि ईपीएस प्रणालीमार्फत कोही पनि श्रमिक कोरिया जान पाएका छैनन् । त्यसमाथि कोभिड १९ को महामारीले झन अन्योलता थपेको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षा पास गरेर श्रम सम्झौता आइसकेका करिब सात हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रुपमा फर्किएका तीन हजार श्रमिक नेपालमै रोकिएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ४५ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि