याङ्ग्री र लार्के खोला खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

याङ्ग्री र लार्के खोला खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि याङ्ग्री र लार्के खोलाबाट पनि खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी ल्याउन सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

प्रधानमन्त्री ओलीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिए । राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो ।

प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । खानेपानी मन्त्रालयका अनुसार अब सुरुङलाई पुरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : २७ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान

आँबुखैरेनी–मुग्लिन सडक पहिरो पन्छाएपछि सुचारु 

दमौली– आँबुखैरेनी–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा

साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग

काठमाडौं– एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत्

उजाड सुकुम्वासी बस्तीमा कवाडी संकलकलाई ‘दशैँ’

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा