गृह प्रशासन अब्बल देखिने गरी काम गर्न मन्त्री अधिकारीको निर्देशन « Khabarhub

गृह प्रशासन अब्बल देखिने गरी काम गर्न मन्त्री अधिकारीको निर्देशन


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

बिहीवार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह मन्त्रालयका अधिकारीहरुसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले सो बताएका हुन् ।

उनले  गृह मन्त्रालय मातहतका निकायलाई देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा पारदर्शी रुपमा काम गर्न  निर्देशन दिए ।

उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’

मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : ५७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग