कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश « Khabarhub

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशसभामा विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक आज सभामा पेश गरेका हुन् ।

सभामुख राजबहादुर शाहीले प्रदेशसभा नियामावली, २०७४ को परिच्छेद (१७) को विनियोजन तथा अर्थ विधेयक सम्बन्धी कार्यविधि बमोजिम विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा समक्ष प्रस्तुत गरी सो माथि छलफल गरियोस भनि प्रस्ताव पेश गर्न योजनामन्त्री शर्मालाई समय दिएका थिए ।

विनियोजन विधेयकको प्रस्ताव सभामा पेश गर्दै उनले रोजगारी सृजना गर्ने र गरिबी तथा भोकमरी अन्त्य गर्ने गरी सरकारले बजेट निर्माण गरेको बताए । कोभिड रोकथाम तथा नियन्त्रण, लगानी सम्मेलन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बजेट तथा कार्यक्रमका उद्देश्यहरु रहेको उनको भनाइ थियो ।

बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बीचको आपसी समन्वय गर्ने, संघीय सरकारको समन्वयमा कोभिड विरुद्धका उपकरण बढाउने, आधारभूत पूर्वाधार विकास, उपकरण तथा जनशक्ति व्यवस्था गर्ने, युवा रोजगारका लागि रोजगारीमूलक परियोजनामा विशेष जोड दिने गरी सरकारले योजना बनाएको उनले बताए ।

त्यसैगरीसमाजमा भएका सबै प्रकारका विभेद अन्त्य गर्ने, आयमूलक कार्यक्रम सञ्चालन गर्ने, राउटे, सडक मानव, अल्पसंख्यक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको हकहित संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले ल्याएको बताउँदै उनले नीजि क्षेत्रलाई आकर्षित गर्न लगानी सम्मेलन गरी लगानीमैत्री वातारण तयार गरिने जनाए ।

त्यस्तै सरकारले अन्न उत्पादनमा जोड दिँदै खाद्य सुरक्षाका लागि नेपाल सरकारसँगको आपसी समन्वय गरी भण्डारणमा जोड दिने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनालाई अघि बढाइने जनाएको छ । आज पेश गरिएको विनियोजन विधेयकमाथि शुक्रबारदेखि छलफल हुने छ । अर्काे बैठक भोली २८ गते दिउँसो २ः०० बजे बस्ने छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : २१ बजे

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री