रामायण बारे जानकार अधिकाशं मानिसलाई लंकापति रावणले माता सीताको हरण गरेको बारे थाहा छ ।
तर धेरैले रावणले राम्रो आचरण भएकाले माता सीतालाई कैद गरेर राखे पनि नछोएको ठान्छनु । तर वास्तविकता भने यस्तो छैन ।
रावणले आवेगमा आएर सीताको हरण गरेको थियो । तर आचरण सही भएर वा महानताका कारणले महलको बाहिर अशोक वाटिकामा कैद गरी राखेकी सीतालाई नछोएको भने होइन । कैदमा राखिएको भए पनि रावणले चाहेर पनि माता सीतालाई छुन सक्दैन थियो ।
वाल्मीकि रामायणको उत्तरकाण्डको अध्याय २६ र श्लोक ३९ मा रावणले पाएको श्रापबारे बताइएको छ । पौराणिक कथा अनुसार, भगवान शिवले रावणको तपस्याबाट खुशी भएर वरदान दिएपछि रावण पहिले भन्दा झन् शक्तिशाली बन्यो र तीनै लोक जित्न निस्कियो । त्रिलोक विजय अभियानका दौरानमा रावण स्वर्ग लोक पुगेर केहि समयका लागि आफ्ना भाई कुबेरको शहर अलाकामा विश्राम गर्न थाल्यो ।
एक दिन स्वर्गकी अप्सरा रम्भा आफ्नो हुनेवाला पति नलकुबेरसंग भेट्न जादाँ बाटोमा रावणसंग जम्काभेट भयो । रम्भाको सुन्दरता देखेर रावण उनी प्रति मोहित भयो । रावणले रम्भाका साथ दुराचार गर्ने कोशिश गर्याे ।
रम्भाले रावणलाई उनी कुबेरका छोरा नलकुबेरको हुन लागेकी पत्नी भएको र यस नाताले उनी रावणको पुत्रवधू समान भएको बताइन् । त्यसका बावजूद रावणले रम्भाका साथ दुराचार गर्याे ।
यही कुरा जब नलकुबेरले थाहा पाए तब उनले रावणलाई, कुनै पनि स्त्रीको इच्छा विपरीत उनलाई स्पर्श गरे रावणको शिर सय टुक्रा भइ नष्ट होस् भनी श्राप दिए । नलकुबेरको यहि श्रापका कारण रावणले माता सीतालाई आफ्नो कैदमा राखेर पनि छुन सकेन ।
प्रतिक्रिया