अमेरिकाले नेपाललाई १५ लाख बढी डोज खोप उपलब्ध गराउँदैछ : राजदूत बेरी | Khabarhub Khabarhub

अमेरिकाले नेपाललाई १५ लाख बढी डोज खोप उपलब्ध गराउँदैछ : राजदूत बेरी


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले १५ लाखभन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै अमेरिकाले केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्।

अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज) लगाए पुग्छ।

राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गरेका छन्।

‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ’, उनले उल्लेख गरेका छन्।

उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे यकिन भइनसकेको अमेरिकी दूतावासले जनाएको छ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : १९ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति