कोपा अमेरिका फुटबल : तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियासँग पेरु पराजित | Khabarhub Khabarhub

कोपा अमेरिका फुटबल : तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियासँग पेरु पराजित


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि कोलम्बियाले जित हासिल गरेको हो ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि प्रितस्पर्धा गरेका हुन । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो ।

खेलमा यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो ।

जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे ।

९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो ।

कोपा अमेरिका फुटबलको फाइनल खेल भने आइतबार बिहान हुनेछ । उपािधका लागि ब्राजिल र अर्जेन्टिना मैदानमा उत्रिनेछन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ५५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको