पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सुचारु « Khabarhub

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सुचारु


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ ।

पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

शुक्रबार र आज वर्षा नभए पनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ०७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन